कुलमान घिसिङ हटाएको बिरोधमा सिन्धुली ध्याङ्लेख गाउँपालिका- १ कमिटी अध्यक्षद्वारा पार्टी परित्याग

    
कुलमान घिसिङ हटाएको बिरोधमा सिन्धुली ध्याङ्लेख गाउँपालिका- १ कमिटी अध्यक्षद्वारा पार्टी परित्याग

काठमाडौ । नेकपा एमाले घ्याङलेख गाउँपालिका- १ सिन्धुलीका वडा कमिटी अध्यक्ष गोपिलाल भेलानले पार्टीबाट राजीनामा दिएका छन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एमाले पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले हटाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन ।

उनले राजिनामा पत्रमा एमाले पार्टीलाई बामाले पार्टी अध्यक्षको संज्ञा समेत दिएका छन । पार्टी भ्रष्टाचार, कुुशासनको दलदलमा फसेको आरोप राजीनामामा उल्लेख छ ।