काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाको बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुर टुडे दैनिकका प्रधान सम्पादक तथा बिबिसी नेपाली सेवाका पत्रकार वृजकुमार यादव लगायत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ ।
गाउँपालिकाका वडाहरुमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्दा जम्मा एक प्रती मात्र पत्रीका प्रकाशित गरेर सूचना लुकाएको आरोप पत्रकार यादवमाथी लगाईएको छ । अख्तियार स्रोतअनुसार यसको सम्पुर्ण डिजाइन पत्रकार यादवले गरेका हुन ।