दाङको घोराही उपमहानगर- १४ का वडा अध्यक्ष बुढाद्वारा प्रधानाध्यापकमाथि कुटपिट

    
दाङको घोराही उपमहानगर- १४ का वडा अध्यक्ष बुढाद्वारा प्रधानाध्यापकमाथि कुटपिट

काठमाडौ । दाङको घोराही उपमहानगरपालिका- १४ स्थित  एमालेबाट निर्वाचित वडाध्यक्षद्वारा शुभप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक माथि कुटपिट  भएको छ । घोराही उपमहानगरपालिका- १४ स्थित उक्त  विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमालेका वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए ।

तर प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको स्रोतको दाबी छ । उनले हातपात गरेसगै वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन ।