काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा असन्तुष्टि बढेको सत्य रहेको भनेका छन । आज नवलपरासी जिल्लाको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
असन्तुष्टिलाई सम्बोधन गर्नेबारे बढी कांग्रेसले काम गर्नुपर्छ थापाले भने ‘त्यसमा काम काङ्ग्रेसले गर्ने छ, राष्ट्रिय बहस चलाउने छौँ । सबै दलहरूले पनि सोच्नु पर्ने बेला आएको छ । उनले भ्रष्टाचार र भ्रष्टाचारीलाई दण्ड नहुनु, रोजगारीको सृजना नहुनु नै असन्तुष्टिको कारण हो ।
अहिले धेरैलाई परेको छ भ्रष्टाचार व्यापक नै छ तर भ्रष्टाचारीलाई दण्ड होइन संरक्षण हुन्छ । युवा पुस्ताको माग बारे छानबिन हुनुपर्यो र दण्डित हुनुपर्यो, उनले भने ।
थापाले थपे, अख्तियार छ तर अख्तियारले पनि छानी-छानी छानबिन गर्छ रे मुद्दा चलाउँछ रे भन्ने आशङ्का छ । पछिल्लो समय न अख्तियारले गरेको छानबिन चित्तबुझ्दो हुन्छ, न सरकारले गरेको ।
उनले प्रष्ट भने अबचाहिँ सर्वदलीय निर्णयबाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाए पनि बनाऔँ, विश्वास लाग्ने पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाए पनि बनाऔँ । सम्पुर्ण नेताको सम्पत्ति छानबिन पनि गरौँ । जो-जो दोषी देखिन्छन्, उनीहरूलाई पाता फर्काएर जेल पठाऔ । मामा होस वा आमा कोही नछुटाऔँ ।
मुख्य कुरा रोजगार छैन, जागिर छैन र जसको रोजगार छ उसले पनि पेटभरि खान पाएको छैन । चर्को असन्तुष्टि चाही यहाँनेर छ उनले भने, यसलाई कसरी सम्बोधन गर्ने अब ढिलो गर्न हुदैन । उनले भने तमाम विषयबारे निष्कर्षमा पुगेर काम नगरी हुँदैन, हामीले गर्नेछौँ, उनले भनेका छन ।