मोडर्न कन्या कलेजद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विविध कार्यक्रमको आयोजना

    
मोडर्न कन्या कलेजद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विविध कार्यक्रमको आयोजना

काठमाण्डौ । मोडर्न कन्या कलेज बानेश्वरले बिगतका बर्ष झैं यो बर्ष पनि ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएको छ ।  नेपाल पत्रकार महासंघका निवर्तमान कार्यवहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा संस्कृतबिद प्राध्यापक डा. बिणा पौडेल प्रमुख आतिथि र अन्य व्यक्तित्वहरु बिषेश अतिथि रहनुभएको उक्त कार्यक्रम बानेश्वर स्थित मोडर्न कन्या कलेजको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो ।

आफ्नो जीवनको लामो समय देशका छोरीहरुको शैक्षिक उन्नती गराउन खर्चिएका मोडर्न कन्या क्याम्पसका अध्यक्ष प्रा.डा रामप्रसाद दाहाल लगायत बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको भव्य उपस्थिति रहेको उक्त कार्यक्रममा प्राध्यापक शर्मिला कोइरालाले शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर स्वरुप दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विषेश अतिथि लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । मन्तव्यको क्रममा संस्कृतिविद प्राध्यापक डा.बिणा पौडेल ले महिलाको आदर्श, योगदान र पारिवारिक कुशलता, सद्भावना संस्कारको कुरामा चर्चा गर्दै महिलाको चेतना बिस्तारमा लाग्नु पर्ने बताउनु भएको थियो । कलेज अध्यक्ष शिक्षाविद डा. रामप्रसाद दाहालले महिला प्रतिको भेदभावको अन्त्य हुन जरुरी छ । त्यो शिक्षा, न्याय परिवार अनि समाजमा समानताको खोजी गर्दै विभेदको अन्त्य गरेर हिंसा रहित समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्न सुझाव दिनु भएको थियो ।

नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष रजनी थापाले महिला आफू पहिला कमाउन सक्षम बन्नु पर्ने र एक्लै पनि साहस पूर्वक अगाडी बढ्ने अनि केही गर्न सकिन्छ भन्ने भावलाई उतार्न यस्ता दिनहरू फलदायी हुने कुरा मा बिश्वास व्यक्त गर्नुभयो । यस्तै प्राध्यापक अन्जु कार्की बस्नेत साहित्यकार अनिता कोइराला  कवि राधा दुवाल कार्की गायिका इन्दिरा थापा नायिका रश्मि भट्ट  मातृ शक्ति सहकारीकी सस्थापक सीता भट्टराई  सामाजिक अभियान्ता अप्सरा खड्का  लगायतले महिलाको सशक्तिकरण, शिक्षामा पहुँच बिस्तार  लगायत बिबिध बिषयमा प्रकाश पार्नु भएको थियो ।

उक्त अबसरमा कविता वाचन र सन्देश मूलक गीतहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सभापतिको आसनबाट बोल्दै  नेपाल पत्रकार महासंघकी पूर्व अध्यक्ष वाला अधिकारीले महिलाको समस्यालाई बिस्तृत रूपमा चर्चा गर्दै जबसम्म नारी सक्षम बन्न सक्दैन तवसम्म समुन्नत समाज निर्माण गर्न सकिदैन भन्नुभयो ।  उहाँको भनाई अनुसार महिला महिला बिचको प्रतिस्पर्धा लाई छोडेर अव हाम्रो प्रतिस्पर्धा महिला पुरुष दुबैसंग हो भन्ने दृढ सोचले अगाडि बढ्न आबश्यक छ, जुन काम मोडर्न कन्या कलेजले गरि रहेको छ ।

कलेजका प्रिन्सिपल सविन पोखरेलले कलेज गतिविधि र कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने छात्रा रेनुका कडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम उप प्राध्यापक कोपिला कोइरालाले संचालन गर्नुभएको थियो ।