काठमाडौं । नेपालको लामो पश्चिम भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह भोलि काठमाडौं फर्किंने भएका छन। उनी अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिने पूर्वनिर्धारित तालिका रहेको सुरक्षा स्रोतले बताएको हो ।
उनि काठमाडौ ओर्ले सगै समर्थकले भव्य स्वागत गर्ने तयारी गरेका छन । केही उच्छृङ्खल समुहको गतिविधिको कारण सुरक्षा परिचालनलाई त्यही अनुसार व्यापक बनाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको आकस्मिक जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय अनुसार उच्छृङ्खल र उदण्ड परिस्थिति आईलागे माथिको आदेश बमोजिम गोली चलाएर परिस्थिति नियन्त्रणमा लिन भनिएको छ । भोलि बिहानै देखि तिनकुने, एयर्पोट, गौसला, चाबहिल र महाराजगन्जका मुख्य सडकमा ठुलो भिडभाड जम्मा हुन नदिने प्रहरीको तयारी छ स्रोतले भन्यो ।
यदि राजाबादी समुहले ब्यबस्था विरुद्ध चुनौती दिए गोली प्रहार गरेर परिस्थिति नियन्त्रणमा लिन गृहमन्त्रालयले सुरक्षा निकायलाई कडा निर्देशन दिएको उच्च स्रोतको दाबी छ ।