देश समृद्ध हुन पार्टी र जनप्रतिनिधिको समन्ध सुदृढ हुनुपर्ने उपाध्यायको भनाई

    
देश समृद्ध हुन पार्टी र जनप्रतिनिधिको समन्ध सुदृढ हुनुपर्ने उपाध्यायको भनाई

राजकुमार कार्की

ओखलढुंगा ।  नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टी र जनप्रतिनिधिका बिचमा हुने दरारले मुलुक बन्न नसक्ने बताईन ।  नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीबाट टिकट लिएर जित्ने प्रतिनिधी र पार्टी बिचमा सुमधुर सम्बन्ध भए मात्र सहज विकास हुने बताएकी हुन । उनले भनिन  पार्टीले टिकट दिन्छ, पार्टीको चिन्हबाट जितेको हुन्छ त्यस्तो बेला घमण्ड देखाउनु भन्दा प्रतिनिधीले मैले पार्टीको रुख चिन्हबाट जितेको हो भन्ने दायित्व बोध भए मात्र देशको बिकास  र जनताले सेवा सुविधा पाउछन ।

पार्टीका जिम्मेवार नेता, प्रेस युनियन र जनप्रतिनिधिका विचमा संवाद गराउन सकियो भने मात्र पनि नेपाली कांग्रेसको वास्तविक  सिद्धान्त, मर्म, भावना के हो भनेर नागरिकलाई थप बुझाउन सकिन्छ ।  बीपीले परिकल्पना गरेको जस्तो मूलुक बनाउनको लागि युवाहरुलाई स्वदेशमै रोजागारीको ब्यवस्था गर्नु पर्दछ । नेपाल श्रोत र साधनले भरिपूर्ण भएर पनि खोज अनुसन्धानको अभावका कारण युवाहरुलाई जोड्न सकेका छैनौँ । देशमा भएका श्रोत र साधनलाई अधिक्तम उपयोग गरेर युवालाई स्वरोजगार बनाउन सक्यो भने मात्र बीपीले  परिकल्पना गरेजस्तो देश बन्ने बताईन ।

नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवं पूर्वराज्यमन्त्री डिना उपाध्याय, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रदिप कुमार सुनुवार, नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय कार्यबाहक अध्यक्ष बाला अधिकारी, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य सविता राई, जिल्ला सहसचिब भोजकुमार श्रेष्ठ, बिनोद ताम्राकार  लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।