ओखलढुंगाको गाउँगाउँ अभियान सहित पुग्यो नेपाल तरुण दल

    
ओखलढुंगाको गाउँगाउँ अभियान सहित पुग्यो नेपाल तरुण दल

युबराज पहाडी / काठमाडौ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल ओखलढुंगाको गाउँगाउँ पुगेको छ । जिल्लाको आठ वटा स्थानीय तहका ७५ बटै वडामा पुगेर तरुण दलले आफ्ना पुर्णकालिन तथा नयाँ सदस्य नवीकरण, बितरण गरिरहेको दलका नेता सुनकोशी गाउँपालिका उपसभापति सुभाष तामाङले बताए ।

ओखलढुंगाका स्थानीय तहमा तरुण दलका नेतालाई जिम्मेवारी दिएर गाउँगाउँ पठाएको केन्द्रिय सदस्य बुद्व लामाले जनाएका छन । केन्द्रिय सदस्य लामा आफै पनि संगठन निर्माणका लागि हाल सुनकोशी गाउँपालिकामा पुगेका छन । स्थानीय तहमा खटिने तरुण नेताहरुका अनुसार लामासगको सल्लाह सुझाव अनुसार संगठन निर्माण अभियान संचालन भईरहेको छ । यो संगठानात्मक निर्माण गर्ने अभियानमा अर्का केन्द्रिय सदस्य भिम गौतम पनि साथमा छन ।

संगठन निर्माणको लागि नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनाल उपसभापति नबराज केसी र कमल तामाङ, कुमार लुइँटेल लगायतले सहजीकरण गरिरहेको स्रोतको दाबी छ । तरुण दलको पाचौं जिल्ला अधिबेशनको तयारी स्वरुप अभियान तिब्र बनाईएको जिल्ला अध्यक्ष प्रबिण ह्याङ राईले बताएका छन । उनका अनुसार जिल्लाब्यापी रुपमा अभियान अगाडी बढीरहेको छ ।