नेकपा एमाले चम्पादेबी गाउँपालिका अधिबेशन अपडेट : घिमिरे अध्यक्षमा निर्बाचित !

    
नेकपा एमाले चम्पादेबी गाउँपालिका अधिबेशन अपडेट :  घिमिरे अध्यक्षमा निर्बाचित !

ओखलढुंगा । नेकपा एमाले चम्पादेबी गाउँपालिका ओखलढुंगाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सुनम घिमिरे सर्बसहमत निर्बाचित भएका छ्न । हिजो सम्पन्न पालिकाको अधिबेशन पलापुमा भएको थियो ।
नेकपा एमाले भित्र प्रखर बक्ता, पार्टी तथा अन्तर पार्टी भित्र समेत छिट्टै पहिचान बनाएका घिमिरे ओखलढुंगाको एक चर्चित नाम हो । घिमिरेको अध्यक्षतामा निर्बाचित कमिटीमा अंक तामाङ उपाध्यक्ष, कुमार पौडेल सचिब, खड्ग भुजेल र मनिता बिक उपसचिबमा चुनिएका छ्न ।
अधिबेशन उद्घाटनमा पार्टीका नेता यज्ञराज सुनुवार, अमिर गुरुङ, पार्टी अध्यक्ष जिबी खड्का, नानिबाबु बुढाथोकी, खड्ग बहादुर कार्की, सुरेश थापा लगाएत नेताले चम्पादेबी गाउँपालिकाको बस्तुस्थितिका बारेमा बोलेका थिए ।