काठमाडौ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा ओखलढुंगाका ५ नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । यज्ञराज सुनुवार र किशोर अधिकारी, अम्बिरबाबु गुरुङ, अस्मिता थापा, जेनु कालिकोटे केन्द्रिय सदस्य र नवराज श्रेष्ठले केन्द्रीय अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका हुन ।
हिजो बेलुकाबाट हुने भनिएको मतदान प्राबिधिक समस्याले स्थगित भई अहिले बिहान ८ बजेबाट सुरु हुन लागेको छ । ओखलढुंगाबाट उम्मेदवारी दिने सुनुवार, अधिकारी र थापा ओली समुह गुरुङ कालिकोटे र श्रेष्ठ पोखरेल समुहबाट चुनावी मैदानमा छन ।
विभिन्न आकडाहरुले ओली समुह मजबुत रहेको देखाई रहेका छन । ओखलढुंगाबाट चुनाव लड्ने सुनुवार बाहेक अन्य अनुहार नयाँ हुन । उनिहरु मैदानमा भेट माग्न ब्यस्त छन ।


