एमाले ओखलढुंगाको प्रतिनिधि छनोट समाधान, चार नेताले पाए चारले गुमाए

    
एमाले ओखलढुंगाको प्रतिनिधि छनोट समाधान, चार नेताले पाए चारले गुमाए

काठमाडौं । नेकपा एमाले ओखलढुंगामा महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद समाधान भएको छ । कोशी प्रदेश इन्चार्ज शेरधन राई र संगठन विभाग सदस्य विशाल भट्टराईको पहलमा १२ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका हुन ।

विवादका बिच मंसिर १३ गतेको प्रक्रिया बहिष्कार गर्ने पक्षलाई ४ प्रतिनिधि दिएर समायोजन गरिएको स्रोतले जनाएको छ । नयाँ प्रतिनिधिमा मोहनकुमार श्रेष्ठ, अस्मिता थापा, हर्कबोल राई र सकुन्तला राजभण्डारी परेका छन ।

अन्य प्रतिनिधिमा जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे रहेछन ।