काठमाडौ छाड्न नपाउने प्रहरी कमान्डरको विवरण

    
काठमाडौ छाड्न नपाउने प्रहरी कमान्डरको विवरण

काठमाडौ । जेनजी आन्दोलनको क्रममा खटिएका प्रहरी कर्मचारीको विवरण नपठाएको भन्दै छानबिन आयोगले आइतबार प्रमुख प्रहरी कमाण्डरहरूलाई स्थानहद काठमाडौ (क्षेत्र नछाड्ने आदेश) जारी गरेको छ ।

स्थानहदमा परेकामध्ये उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, तत्कालीन डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, ट्राफिक प्रमुख नवराज अधिकारी, एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुर प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, एसपी माधव बुढाथोकी लगायत रहेका छन ।

साथै, विभिन्न वृत्तका डीएसपीहरू, जयश्वर रिमाल (बौद्ध), सुकदेव खनाल (गौशाला), राजकुमार श्रेष्ठ (दरबारमार्ग), ज्ञानबहादुर विष्ट (बालाजु), कृष्णकुमार चन्द (जनसेवा), रमेशकुमार पाल (जगाते), रामकुमार यादव (सातदोबाटो) र उद्धवसिंह भाट (स्वयंभु) समेत उपत्यका छाड्न नपाउने सूचिमा परेका छन ।

आयोगका अनुसार केही अधिकारीहरू हाल उपत्यकाबाहिर सरुवा भएर गएका छन । तीमध्ये डीआईजी ओमबहादुर राना सुदूरपश्चिम प्रहरी प्रमुखको रूपमा धनगढीमा कार्यरत छन । आयोगले उनलाई पनि तत्काल काठमाडौं झिकाउन प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको छ ।