काठमाडौ । अविरल बर्षाले बिपी राजमार्गको रोशी खण्डमा झरेको पहिरो पन्छाउने काम भईरहेको छ । रोशीको बहावले पिप्ले लगायत ठाउँको डाइभर्सनमा खोला पसेको भएपनी सडकको क्षेती नभएको सडक बिभागले जनाएको छ ।
सडक बिभागले मेसिन फिल्डमै राखेको कारणले खोला निरन्तर गरिर्याउदा थप क्षति हुन नपाएको हो । बिपि राजमार्ग खुलाउन मंगलटार प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक इश्वर कार्कीको कमान्डमा र सडक डिभिजन भक्तपुरको टोली निरन्तर फिल्डमा छन ।
अबरुद्ध सडक खुलाउन, ठाउँठाउँको पैरो पन्छाउने काम निरन्तर जारी रहेको बताउदै प्रहरीले भोलि बिहान देखि नै यातायात खुलाउने बताएको छ । आज राती पानी नपरे बाटो सुचारु त हुन्छ तर जामको समस्याले यात्रा असहज हुन सक्ने बताईएको छ ।
भोली पनि बाटो मर्मत गर्नु पर्ने भएकाले अत्यावश्यक बाहेक भोलि एक दिन यात्रा नगर्न सडक बिभागले आग्रह गरेको छ ।