पार्टी हितको लागि आर्जु राणा, रमेश लेखक र दिपक खड्काको क्रियाशिल रोक्न कान्छारामको सुझाव

    
पार्टी हितको लागि आर्जु राणा, रमेश लेखक र दिपक खड्काको क्रियाशिल रोक्न कान्छारामको सुझाव

काठमाडौ । जेनजी विद्रोहपछि देशको सबैभन्दा ठूलो र पुरानो भनिएको दल नेपाली कांग्रेसका युवा नेता पार्टीको अस्तित्व जोगाउन प्रयास गरिरहेका छन ।

काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, बिश्वप्रकाश शर्मा, प्रदिप पौडेल, सुनिल शर्मा, चन्द्र भण्डारी र कान्छाराम तामाङ लगायतले पार्टीभित्र आमूल परिवर्तनको आगो बाल्न थालेका हुन । अब पार्टी पुनर्निर्माणको आगो तल्लो सतहसम्मै फैलने संभावना रहेको देेेख्न सकिन्छ ।

सभापति शेरबहादुर देउवा र इतरपक्ष आ–आफ्‌ना आन्तरिक रणनीतिअनुरूप कदम चाल्न तम्तयार मनस्थितिमा देखिएका छन । नेताहरुको रक्षा, प्रतिरक्षा जारी रहदा पुर्ब मन्त्री कान्छाराम तामाङले  पार्टी बचाउन देउवा पत्नी आर्जु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, उर्जा मन्त्री दिपक खड्काको क्रियाशिल सदस्य खारेजी गर्नु पर्ने बताएका छन ।

उनले भनेका छन यदि काङ्ग्रेस बचाउने हो भने यी तीन जनालाई पार्टीले कारबाही गरेको म्यासेज जनतालाई दिनुपर्छ । शेरबहादुर देउवाले नेतृत्व युबालाई सुम्पने हो भने नेपाली काङ्ग्रेस यो देशको पहिलो पार्टी बन्छ तामाङले भनेका छन ।