काठमाडौं । जेनजीको भ्रष्टाचार विरोद्वको आन्दोलन उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारतीय दूतावासमा लुक्न गएको रहस्य खुलेको छ ।
देशको घटनाक्रम नियालिरहेका नेपाल आफ्नो घरमा आगो लाउन थालेपछि भागेर लैनचौर स्थित भारतिय दूतावास पुगेको सुरक्षा स्रोतले पुष्टि गरेको छ । भारतीय दूतावास पुगेका उनलाई नेपाली सेनाले उद्वार गरेर सैनिक ब्यारेक लगेको रहस्य बाहिर आएको हो ।