सेना हट्यो, सडकबाट फर्कियो ब्यारेक, सशस्त्र बल र प्रहरीले सम्हाले सुरक्षा

    
सेना हट्यो, सडकबाट फर्कियो ब्यारेक, सशस्त्र बल र प्रहरीले सम्हाले सुरक्षा

काठमाडौँ ।  नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै काठमाडौँका सडकमा तैनाथ सेना हटेको छ । जेनजीको आन्दोलन सशस्त्र प्रहरी र नेपाल प्रहरीले थेग्न नसकेपछि सेना सडकमा आएको थियो ।

त्यस यता देशको सुरक्षा सैनिक मातहत चलेकोमा आजदेखि सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन ।

यातायातका  साधन पनि निर्बाध चल्न थालेका छन । देशभरको जनजीवन सामान्य बन्दै गएको छ ।