काठमाडौ । अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । काठमाडौंका प्रत्येक ठुला चोक तथा सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । चोक चोकमा तैनाथ सेनाले शड्ढास्पद ब्यक्तिलाई सोधपुछ समेत गरेको देख्न सकिन्छ ।
बानेश्वर सम्सद भवन, सिंहदरबार, प्रधानमन्त्री कार्यालय बालुवाटार, राष्ट्रपति कार्यालय सित्तल निवासमा सेनाले पुर्ण नियन्त्रण कायम गरेको छ ।
मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन । शान्ति सुरक्षा गर्न आवश्यक परे गोली प्रहार सम्मको आदेश सहित सेना तैनाथ भएको बताईएको छ ।