काठमाडौं । काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतियार बिसाएको अबगत गराइसकेका छन । अहिले सम्सद भवन, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ ।
सशस्त्र प्रहरीले नेताको सुरक्षा बाहेर अन्यठाउँमा हतियार बिसाएको स्पष्ट पारेको छ । सशस्त्र र नेपाल प्रहरीले सेनाको निर्देशन कुरेर बस्ने बाहेक विकल्प नरहेको संदेश प्रधानमन्त्रीलाई दिएको बालुवाटार स्रोतले बताएको छ ।