काठमाडौ । सामाजिक संजाल खोल्ने विषयमा मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ । बैठकको सुरुवातमा प्रधानमन्त्रीले जेनजीको प्रदर्शनको कुरा राखेका थिए ।
त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न भनेका थिए ।
बैठकमा पौडेलले भने, ‘सामाजिक सञ्जालको विषय छ, यो तत्कालै खोलौँ खोल्नैपर्छ । यो सार्वजनिक सरोकारको कुरा हो । यो असन्तुष्टको बीउ हो ।
लगत्तै प्रधानमन्त्रीले भने, यहाँ कम्पनीको रूपमा कारोबार गर्न आउने, अनि दर्तामा नआउनेलाई हामीले खुलमखुला काम गर्न दिने तपाई मनसाय हो ?
पौडेलले भने, जेनजीको सरोकारको कुरा पनि सुनौँ । जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ । काम गर्न दिने-नदिने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्यो ।
सरकारले गरेको दमन नेपाली काङ्ग्रेसलाई मान्य छैन भन्दै पौडेलले ओलीको शैलीले बर्बाद हुने चेतावनी दिएपछि केही समय बैठकमै चर्काचर्की भएको स्रोतले बताएको छ ।