चार पत्रकार घाइते, पत्रकारको क्यामेरा काडेतारबाट कैद

    
चार पत्रकार घाइते, पत्रकारको क्यामेरा काडेतारबाट कैद

जेनजी’ प्रदर्शनको समाचार संकलनमा खटिएका चार पत्रकार घाइते भएका छन।

नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार संकलन गर्न खटिएका पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासंघले जनाएको छ ।

उनिहरुको ट्रमा सेन्टर, सिबिल अस्पताल र पाटन अस्पतालमा उपचार भईरहेको बताईएको छ ।