जेनजीको आन्दोलनमा रबि, बालेन र कुलमानको समर्थन, केपी सरकार ढाल्ने तागत एकजुट हुदै

    
जेनजीको आन्दोलनमा रबि, बालेन र कुलमानको समर्थन, केपी सरकार ढाल्ने तागत एकजुट हुदै

 काठमाडौं । आजबाट हुने युबा जेन जीको आन्दोलनमा स्वतन्त्र पार्टी सभापति रबि लामिछाने, काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले समर्थन गरेका छन ।

 भ्रष्टाचार,बेथिति र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा लामिछानेले जेलबाट, बालेन र घिसिङले टिकटक मार्फत  ऐक्यबद्धता जनाएका हुन ।

 जेन जीले आज खालि कापी कलम सहित  निकाल्ने जुलुसमा उनिहरुले ऐक्यबद्धता जनाएका छन । जेन जिको आन्दोलन अमेरिका, इन्डोनेशिया बङ्गललादेश सफल भईसकेको छ । नेपालमा भ्रष्टाचार बेतिथी विरुद्ध हुने बिद्रोहले सत्ता परिबर्तन गर्ने समेतको बहस भईरहेको छ ।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले समेत यो आन्दोलनमा ऐक्यबद्धता जनाएको काङ्ग्रेस स्रोतले बताएको छ । काङ्ग्रेसको आधिकारिक धारणा भने आउन बाकी छ ।