काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमै राम्रो आम्दानी हुने खालको रोजगारी सृजना गर्ने आफ्नो सपना रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रत्येक कांग्रेस नेतासँग नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु भन्ने सपना हुनुपर्ने बताए ।
अब मेरो ध्यान रोजगारी सृजना गर्ने र बिदेश जाने युवा रोक्नु हुने छ । रोजगारीको ग्यारेन्टी काङ्ग्रेसले गर्छ ढुक्क हुनुहोस थापाले भने ।