काठमाडौ । जनचाहाना र आफ्नै प्रतिवद्धता अनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु जन आक्रोश बढाउनु हो ।
यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ । यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आग्रह गरेका छन ।
सामाजिक संजालको बारे मन्त्रीपरिषदमा छलफल गर्दा मन्त्रीपरिषदमै मतभेद भएको स्रोतले बताएको छ । केही मन्त्रीले त यो सरकार विरुद्ध जनता सडकमा आउने हुदा त्यो सडक संघर्ष सरकारलाई महङ्गो पर्ने चेतावनी समेत दिएका थिए स्रोतले भन्यो ।