काठमाडौ । सुनकोशी गाउँपालिका- २ ओखलढुंगाले आफ्ना काठमाडौमा बसोबास गर्ने नागरिकको लागी वडा मार्फत हुने सम्पुर्ण सेवा सुबिधा प्रदान गरेको छ ।
आफ्ना नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्म, मृत्यु दर्ता, मालपोतको काम आज र भोलि काठमाडौबाट प्रदान गरिरहेको वडा सदस्य डम्बर बहादुर तामाङले बताए ।
स्थानीय सरकार नागरिकसग नजिक पुग्ने उदेश्यले यो सुबिधा प्रदान गरिएको हो । काठमाडौको जोरपाटी, नयाँबस्तिमा धमाधम नागरिक उपस्थित भएर सेवा लिईरहेको नेपाली काङ्ग्रेसका युबा नेता बुद्ध लामाले जनाएका छन ।
आज करिब ३० जनाले सेवा लिएको माओवादी केन्द्रका सुनकोशी गाउँ पालिका अध्यक्ष सानू तामाङले जानकारी दिए । उनका अनुसार भोलि पनि सेवाग्राहीले सेवा लिन पाउने छन । सामाजिक सुरक्षा भत्ताको काम अन्तिम चरणमा पुगेको वडा सचीव आस्तिक अधिकारीले जानकारी दिए ।
काठमाडौमा नेपाली काङ्ग्रेसका नेता बुद्व लामा, खिम तामाङ, दलबहादुर (राज)तामाङ, माओवादी केन्द्रका नेता सानू तामाङ, दिपक तामाङ र ओखलढुंगा ह्ययाङ्ला तामाङ समाजका अशोक तामाङले सहजीकरण गरिरहेका छन ।