युबराज पहाडी
काठमाडौ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यालयले ओखलढुंगाको अधिबेशन सम्पन्न गर्न तीन महिनाको समय दिएको छ । संघका केन्द्रिय अध्यक्ष डुजाङ्ग शेर्पाले अधिबेशन गर्ने कार्यतालिका सहित अध्यक्षको जिम्मेवारी हरिशचन्द्र श्रेष्ठलाई दिएसगै अधिबेशनको माहोल तातेको छ ।
ओखलढुंगा जिल्लाको आगामी अधिबेशनमा अध्यक्षको आकाङ्क्षा राख्ने हरिशचन्द्र श्रेष्ठ, योगेश तामाङ, सुजन पौडेल र भुवन दाहाल रहेका छन । श्रेष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन । पौडेल र तामाङ पुर्ब सचीव, दाहाल पुर्ब कोषाध्यक्ष हुन । अर्का अध्यक्षका दाबेदार शम्भु गौतमले आफ्नो दाबेदारी नरहने हुदा आफुले सकेको सहयोग साथि भाईलाई गर्ने बताए ।
योगेश तामाङ संघ भित्र राम्रो पकड भएका मान्छे हुन । उनी आफ्नो काममा सक्रिय हुने नेतामा पर्छन । पार्टी राजनीतिमा उनको राम्रो सन्जाल छ । सुजन पौडेल लामो समय विद्यार्थी हक हितको लागि लडेका चर्चित पात्र हुन । उनी हाल चम्पादेबी गाउँपालिका- ९ का वडा अध्यक्ष समेत हुन ।
भुवन दाहाल लामो समय विद्यार्थी राजनीतिमा होमिएका ब्यक्ति हुन । हाल उनी प्रदेशसभा सदस्य प्रदीप सुनुवारका स्वकीय छन । श्रेष्ठले अहिले अध्यक्षको जिम्मेवारी पाएका छन भने उनी नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत रहेका छन ।
आगामी जिल्ला अधिबेशन मार्फत तामाङ, पौडेल, दाहाल र श्रेष्ठ मध्येबाट एक जना अध्यक्ष हुने छन । संघको उपाध्यक्ष र सचीवमा गौरब राई, प्रदीप पहाडी, उत्तम फुयाल, सोम बहादुर तामाङ, सुरज धमला, प्रतीक खतिवडा, मनोज बुढाथोकी लगायत आकाङ्क्षि छन । सिएन लम्साल, रामकृष्ण बानियाँ, सुशान ढुङगेल र सबिन कार्कीले पनि पदाधिकारीमा लबिङ गरिरहेका छन ।
आगामी दिनमा जिल्लाको आठ वटा स्थानीय तहका ७५ बटै वडामा पुगेर संघले आफ्नो सशख्त उपस्थिति देखाउनु पर्ने छ । काम गर्न सक्ने सक्षम विद्यार्थी नेतालाई जिम्मेवारी दिन नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले जिल्ला पदाधिकारीसग सरसल्लाह गरिरहेको बताईएको छ ।
नेपाल विद्यार्थी संघले पार्टी सभापति तेजेन्द्र खनालको निर्देशन अनुसार आफ्नो आगामी रणनीति बनाउने अध्यक्ष श्रेष्ठले बताएका छन । पार्टी नेतृत्वको सल्लाह सुझाव अनुसार संगठन निर्माण अभियान संचालन गर्ने संघको तयारी छ ।