काठमाडौं । पद्मकन्या क्याम्पसले ७५ औँ वार्षिकोत्सवको अवसरमा पद्मकन्या मेला आयोजना गरेको छ । क्याम्पसका विद्यार्थी लगायत अन्य संघसंस्थाका उत्पादन प्रदर्शनी मेलामा राखिएको आयोजकले दाबी गरेको हो ।
स्टलमामा विद्यार्थी र महिला सङ्गठनका उत्पादनहरू प्रदर्शन गरिएको बताईएको छ । साथै, क्याम्पसका शैक्षिक कार्यक्रमको जानकारी समेत दिईएको नेपाल विद्यार्थी संघ इकाई सभापति तथा स्वबियु उपसभापति चन्द्राकला तामाङले बताईन ।
यो मेलाले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न र क्याम्पसका शैक्षिक कार्यक्रमहरू चिनाउन आयोजना गरिएको क्याम्पस प्रमुख प्रा.डा. जयलक्ष्मी प्रधानले जानकारी दिईन ।