प्रधानमन्त्रीको चीन भ्रमणमा मोदी र सी जिङपीङसग भेट हुने

    
प्रधानमन्त्रीको चीन भ्रमणमा मोदी र सी जिङपीङसग भेट हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भदौ १५ र १६ गते चीनको तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको जनाउँदै उपयुक्त समयमा विस्तृत जानकारी दिने बताए।

सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनका लागि चीन जानेछन्। स्रोतका अनुसार, सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने प्रयास भइरहेको छ।

चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ।

सन् २००१ मा स्थापना भएको एससीओमा हाल भारत, इरान, कजाखस्तान, चीन, कीर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन्। अफगानिस्तान, बेलारुस र मंगोलिया पर्यवेक्षक मुलुकका रूपमा छन् भने नेपालसहित १४ राष्ट्र ‘डायलग पार्टनर’का रूपमा आवद्ध छन्।

प्रधानमन्त्री ओलीले गत मंसिरमा पनि चीनको औपचारिक भ्रमण गरेका थिए।