एजेन्सी । गाजा सिटीको अल–शिफा अस्पतालको मुख्य गेटमा रहेको पत्रकारहरूको टेन्टमा इजरायली हवाई आक्रमण हुँदा अल–जजिराका चार पत्रकारको मृत्यु भएको छ।
अल–जजिराका अनुसार मृत्यु हुनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकाह, क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेको बीबीसीले जनाएको छ ।
मृतक अनिस अल- सरिफ युद्व पत्रकारको नामले चर्चित पत्रकार हुन । इजरायलको आक्रमणमा मारिएका यी पत्रकारको बिश्वभर मानव अधिकारबादी संघ सस्थाबाट सहानुभूति आउने क्रम जारी छ । इजरायलको बर्बरताका विरुद्ध बिश्वका शक्तिशाली देशले बिरोध गरिरहेका छन ।