काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउट(फोटो) मा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन ।
आज पार्टीको केन्द्रिय कार्यालय बसुन्धारा लगायत ठाउँ ठाउँमा पुगेर समर्थकले उनको फोटोमा राखी बाधिदिएका हुन ।
राखी बाध्न पुगेका केही समर्थक भाबबिहल हुँदै रोएको फोटो देखेर उनकी पत्नी निकिता पौडेल समेत भावुक भएको रास्वपा स्रोतले बताएको छ । उनको फोटोमा रक्षा बन्धन बाध्न लामबद्व केही महिला, पुरुष लाईन बस्दा नै आँसु खसालीरहेका थिए ।
सहकारी ठगी केसमा लामिछाने जेलमा हुदा समेत उनका स्वत स्फुर्त उनको नाम सुन्ने बितिकै भाबुक हुने गरेका तस्बिर सार्बजनिक भईरहेका छन ।