काठमाडौ । नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले BBS 2077 ब्याचका विद्यार्थीहरूको बिदाई कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ इकाई सभापति तथा स्वबियु उपसभापति चन्द्राकला तामाङ, क्याम्पस प्रमुख जया लक्ष्मी प्रधान, प्रजातान्त्रिक प्राध्यापक संघका डा. खुम प्रसाद शर्मा, सहायक क्याम्पस प्रमुख ज्योति न्योपाने, शोभा भण्डारी, नेपाल तरुणदल केन्द्रिय सदस्य लक्ष्मी दाहाल, कर्मचारी संघ एकाइ सभापति जमुना पौडेल, स्वतन्त्र युनियन सभापति भुपी ऐर लगायतको उपस्थिति रहेको थियो ।
पद्मकन्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको कलम र मसाल अङ्कित झण्डा युगान्त सम्म फर्फराइरहन सकोस भन्नेर उपस्थिति सम्पुर्णले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ इकाई सभापति चन्द्राकला तामाङले बिदाइ हुने सम्पुर्ण विद्यार्थीको उज्जल भबिस्यको कमना समेत गरेकी थिईन ।
कार्यक्रमको संयोजक तथा सञ्चालन इकाई तथा स्वबियु सचिव सन्ध्या बस्यालले गरेकी थिईन ।