काठमाडौ । लियो क्लब अफ काठमाडौँ परिकल्पनाले विधिवत रूपमा सम्मानका साथ बेवारिसे शवको दाहसंकार गरेको छ । ।
क्लबले महिनौँदेखि काठमाडौँको टिचिङ अस्पतालमा रहेका बेवारिसे शवहरूलाई निकालेर पशुपतिनाथमा रहेको विद्युतीय शवदाह गृहमा दाह संकार गरेको हो ।
मृतकको कोही परिवार वा आफन्तले दाबी गर्न नआएपछि लियो क्लब अफ काठमाडौँ परिकल्पनाले शवहरु जलाएर सम्पन्न गरेको बताईएको छ ।
लियो जिल्ला परिषद् ३२५ आई नेपालका जिल्ला ग्लोबल सर्भिस टिमका संयोजक निकेश गौतमले कामको जिम्मा लिएर सम्पन्न गरेको अभियान्ता चन्द्राकला तामाङले बताईन ।