कुलिङ पिरियडको प्रतिबेदन लेख्न सुरु गर्दै समिति, यहि १९ गते सदनमा पेस हुने

    
कुलिङ पिरियडको प्रतिबेदन लेख्न सुरु गर्दै समिति, यहि १९ गते सदनमा पेस हुने

काठमाडौं । कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन लेख्न थालेको छ । प्रतिनिधि सभाको बैठक यहि साउन १९ गते बस्दैछ त्यसैदिन छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी स्वरुप काम द्रुत गतिमा अगाडी बढाईएको हो ।

सम्बन्धित ब्यक्तिसग सोधपुछको कार्य अन्तिमतिर पुगेकाले समितिले प्रतिवेदन लेख्न थालेको समितिका सभापति जीवन परियारले बताए । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य ओखलढुंगा साम्साद, राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको सहमति बेगर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जालझेल भएको हो भन्ने कुरा निजामती कर्मचारीका विभिन्न जिम्मेवार कर्मचारी र संसद सचिवालयलयका महासचिव पद्मप्रसाद पाण्डेले  दिएको बयानबाट थप प्रष्ट भएको छ स्रोतले भन्यो ।

संसद सचिवालयका महासचिव पाण्डेले आफुले यो काम गर्दा  सभामुख देबराज घिमिरेलाई कर्मचारीसग भेट गराएको, आफुले कर्मचारीसग भेट गरेको, प्रधानमन्त्रीसग छलफल गरेको बयान दिईसकेका छन । उता कुलिङ पिरियड हटाउन नहुने भन्दै राष्ट्रिय सभामा एमालेका सम्सादले बिधयक नै दर्ता गरेका छन ।