कुलिङ पिरियडमा केपी ओलीको खतरापूर्ण जालझेलको पर्दाफास, खतिवडाको शिर झुकेन

    
कुलिङ पिरियडमा केपी ओलीको खतरापूर्ण जालझेलको पर्दाफास, खतिवडाको शिर झुकेन

युबराज पहाडी
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ओखलढुंगाका संङ्घिय साम्सद, राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको सम्लग्नता बेगर प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड जालझेलपुर्ण तरिकाले हटाएको विषयमा छानबिन समितिले छानबिन सुरु गर्दै गर्दा राजनीति थप तरङ्गित बनेको छ ।

छानबिन समितिको प्रतिबेदन आउन नपाउदै राष्ट्रिय सभामा कुलिङ पिरियडको बिपक्षमा संशोधन प्रस्ताव दर्ता गरेको नेकपा एमाले र त्यसका अध्यक्ष तथा प्रधानमन्त्रीबाट  बदमासी भएको ठहर आम नेपालीले गरेका छन ।

खतिवडा विरुद्ध संगठित रुपमै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कुलिङ पिरियडको नाममा समन्धित कर्मचारीलाई जालझेल गर्न लगायर निरन्तर रामहरि माथि प्रहार गरेको सुनकोशी सन्देशले समाचार प्रकाशित गरिरहेको थियो त्यसको प्रमाणित राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता पछि थप स्पष्ट भएको छ ।

राष्ट्रिय सभमा संशोधन प्रस्तावको घटनाक्रम सम्म आईपुग्दा नेकपा एमालेको सिङ्गै पार्टी रामहरि खतिवडालाई जसरी पनि बदनाम गराउने, उनको राजनीति सिध्याउने प्रपन्चमा हातधोएर लागेको हो भन्ने प्रमाणित भएको बिश्लेषकहरुको भनाई छ ।

राष्ट्रिय सभा बैठकमा उक्त विधेयकमाथि छलफल हुदा काङ्ग्रेस, माओवादी र एकीकृत समाजबादी पार्टीले त्यसलाई विधायन व्यवस्थापन समितिमा फिर्ता पठाउने  एक मतले निर्णय गर्दा त्यसबारे मौन बिरोध गरेको एमालेको बदमासी बिस्तारै छर्लङ्ग भएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीभन्दा तलको सेटिङ्ग र निर्देशनले यो कुलिङ पिरियड हेरफेर भएको होइन त्यो बदमासको सम्पुर्ण जिम्मा एमालेले लिनुपर्छ एक वरिष्ठ  निजामती कर्मचारीले भने ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिले देखिनै कुलिङ पिरियड हटाउन नहुने पक्षमा देखिएका थिए । बदमासी, छलछाम र तिक्डमका शृङ्खला त्यहा देखि यहाँ राष्ट्रिय सभामा संशोधन दर्ता सम्म आउदा घटनाले स्पष्टरुप लियो यो विषयको जिम्मेवार एमाले हो ती कर्मचारीले भने ।

एमालेको जालझेलमा रास्वपा, राप्रपाको उच्छृङ्खल समूहले विवाद निकाल्न खोजे स्रोत भन्छ । खतिवडाले बेलबखत एमाले, रास्वपा नेताका बदमासी विरुद्ध सत्य बोलेर उछितो काटेको,  आम निर्वाचन समेत प्रभावित पार्ने गरेकाले जसरी पनि फसाउँने प्रयास गरेका हुन स्रोतले भन्यो ।

ओखलढुंगाको माटोले जन्माएको नेता खतिवडा विरुद्ध योजनासहित जे जसरी आक्रमण भयो तर अन्तत जित रामहरिको भयो एमालेकै  उच्च नेताले भने । रामहरि खतिवडाको प्रतिरक्षा सिङ्गो नेपाली काङ्ग्रेस पार्टी नेतृत्व र ओखलढुंगाका जनताले गरिरहे, आखिरीमा जनताले जे आशङ्का गरेका थिए त्यही सत्य साबित भयो ।

यो घटनाले एमालेलाई राजनीति घाटा अबस्य हुने छ । काङ्ग्रेस र रामहरिले नेपालीको मन जिते ओखलढुंगाले आफ्नो शिर उच्च बनायो एमाले बृत्तमा हलचल ल्यायो स्रोतले भन्यो ।