विभिन्न संका र संसय बोकेर भेटवार्तामा ओली र भण्डारी, दुबै जनामा डरैडर

    
विभिन्न संका र संसय बोकेर भेटवार्तामा ओली र भण्डारी, दुबै जनामा डरैडर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । अहिले  एमाले पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता जारी रहेको हो ।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा ओली पक्ष र भण्डारी पक्ष बिच चर्को विवाद हुने गरेको छ ।

भण्डारीले पार्टी  सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा आएको बताएपछि विवाद चुलिएकाे हाे । तर, एमाले अध्यक्ष समेत रहेका ओलीले सदस्यता नवीकरण नभएको दाबी गर्दै आएका छन ।

आगामी महाधिवेशनमा पार्टी अध्यक्षको महत्वाकांक्षा बोकेर भण्डारी मैदानमा उत्रेपछी ओली समुहसग वारपारको लडाइँ पर्ने देखिन्छ । पहिलेका समन्ध बिर्सिएर ओली र भण्डारी मिलेर अगाडी बढ्छ्न वा दुश्मनी मोलेर हिड्छन केही समय कुर्न पर्ने स्रोतको दाबी छ । तर दुबैजनामा डरैडर रहेको बताईएको छ ।