नेपाल भारत मानव बिकास एवम् मैत्री संघले चितवनका किसानलाई ट्याक्टर बितरण गर्ने

    
नेपाल भारत मानव बिकास एवम् मैत्री संघले चितवनका किसानलाई ट्याक्टर बितरण गर्ने

नेपाल भारत मानव बिकास एवम् मैत्री संघले चितवनका किसानलाई ट्याक्टर बितरण गर्ने भएको छ । भोली संघका अध्यक्ष सुर्य भुसाल ले हाते ट्रक्टर हस्तान्तरण गर्ने छन ।

चितवनका  १० हजार घरधुरी को नेतृत्व गरेका ८ ओटा साना किसान कृषि सहकारी संस्थालाई उक्त १० वटा ट्रयाक्टर अनुदानमा बितरण हुने केन्द्रिय सदस्य चन्द्राकला तामाङले बताईन ।

संघका अध्यक्ष सुर्य भुसालले आज भरतपुरको गार्डेन होटेलमा पत्रकार सम्मेलन  गरि उक्त जानकारी दिएका हुन ।