सुनकोशी गाउँपालिका ओखलढुंगाको शैक्षिक केन्द्र साबित एसईईमा जिल्ला प्रथमको उत्कृष्ट नतिजा

    
सुनकोशी गाउँपालिका ओखलढुंगाको शैक्षिक केन्द्र साबित एसईईमा जिल्ला प्रथमको उत्कृष्ट नतिजा

काठमाडौ । सुनकोशी गाउँपालिका ओखलढुंगाले यसपटकको एसईईको परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सुनकोशी भित्र रहेका १३ माध्यामिक बिध्यालयले पालिकाले शिक्षामा गरेको लगानी अनुसारको नतिजा ९४.५५% प्राप्त गरेका हुन ।

आफ्नो कार्यकालको सुरुवात देखि नै शिक्षामा सुधार गर्ने प्रतिबद्धता गरेका गाउँपालिका अध्यक्ष कमल तामाङको प्रत्यक्ष निर्देशन र शिक्षा शाखा प्रमुख विवेक तामाङको कडा निगरानीको नतिजा एसईईमा देखिएको बलखु माध्यामिक बिध्यालयका प्रधानाध्यापक शान्ति प्रसाद पराजुलीले बताए ।

प्राप्त नतिजा अनुसार सुनकोशी गाउँपालिका भित्रका चौतारा माद्यामिक बिध्यालय डाडाखर्क ५२ जना मध्ये ९२.३१% कालिका माध्यामिक बिध्यालय कोषभन्ज्याङ्ग १८ जना मध्ये ९४.४४% जगतजननी माध्यामिक बिध्यालय च्यानाम १९ जना मध्ये ९४.७४% कुशादेबी माध्यामिक बिध्यालय कटुन्जे १७ जना मध्ये ९४.१२% पन्चकन्या माध्यामिक बिध्यालय सिस्नेरी १९ जना मध्ये ८६.२१% कटुन्जे माध्यामिक बिध्यालय ३१ जना मध्ये ९०.३२% बलखु माध्यामिक बिध्यालय २८ जना मध्ये १००% सुनकोशी माध्यामिक बिध्यालय बलखु १६ जना मध्ये १००% प्रबुद्व माध्यामिक बिध्यालय च्यानाम ४० जना मध्ये ९५% आरुभन्ज्याङ्ग माध्यामिक बिध्यालय दिप्सिङ्ग २० जना मध्ये १००% दामती माध्यामिक बिध्यालय पारा २७ जना मध्ये ८५.१९% कालिका माध्यामिक सिस्नेरी ३६ जना मध्ये १००% र थानी माध्यामिक बिध्यालय जेरुङ्ग ३४ जना मध्ये १००% उतृर्ण रहेको शिक्षा शाखा प्रमुख विवेक तामाङले बताए ।

सुनकोशी गाउँपालिकाको चौतारा माध्यामिक बिध्यालय डाडाखर्ककि छात्रा स्नेहा तामाङ (३.८३ GpA)र कालिका माध्यामिक बिध्यालयका छात्र आयुस थापा (३.६९ GPA) उत्कृष्ट नजिताका साथ पालिका प्रथम भएको प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले बताए । उनका अनुसार सुनकोशी गाउँपालिकाबाट ३६७ जना विद्यार्थीले परिक्षामा सहभागीता जनाएका थिए ।

सिमित श्रोत साधन र दक्ष शिक्षक शक्तिको अभावमा समेत सुनकोशी गाउँपालिकाले एसईईको नतिजा हेर्दा जिल्लामै उत्कृष्ट रहेको  सुनकोशी माध्यामिक बिध्यालयका प्रधानाध्यापक तारानाथ पहाडीले प्रष्ट्याए । उनले भने यस्तो नतिजा आउने बर्षहरुमा पनि निरन्तरता दिने सक्ने सामर्थ्य हाम्रा प्रत्येक बिध्यालयसग रहेको बताउदै थप हौसला गाउँपालिकाबाट प्राप्त हुने अपेक्षा गरेको बताए ।