काठमाडौ । नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिनोद राई वैदेशिक रोजगारको सिलसिलामा बेलायत गएपछि खाली रहेको अध्यक्ष पदमा महिला नेत्री संगिता कार्की चयन भएकी छिन । अध्यक्षमा चयन उनी चम्पादेबी गाउँपालिका बासी हुन ।
अध्यक्ष राईले राजिनामा दिएसगै मञ्चको पुर्ण बिस्तारित बैठकले अध्यक्षमा कार्कीलाई सर्बसहमत रूपमा चयन गरेको हो । नेकपा एमालेको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलो चोटि रहेको पार्टी स्रोतको दाबी छ ।
ओखलढुंगाबाट काठमाण्डौ आएर बसोबास गर्ने नागरिकको समस्या पार्टी समक्ष पुर्याउन, समाधान गर्न, पार्टी गतिविधि लगायत ठुलो अभिभारा मञ्चको अधिकार भित्र पर्दछ पार्टी स्रोतले भन्यो ।