मोलुङ्ग गाउँपालिका अध्यक्ष राईको पैरे खोला पुल निर्माणको सपना पूरा, हातेमालो गरौं वादबिवाद होइन

    
मोलुङ्ग गाउँपालिका अध्यक्ष राईको पैरे खोला पुल निर्माणको सपना पूरा, हातेमालो गरौं वादबिवाद होइन

युबराज पहाडी

काठमाडौ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले नेता उत्तम राईले मोलुङ्ग गाउँपालिकाको अध्यक्षमा चुनाव जिते लगतै योजना माग गर्दा पहिलो निर्णयको शिर्षकको नाम पैरे खोलाको पुल निर्माण गर्ने थियो । अध्यक्ष राईको त्यही पहिलो निर्णयको सम्बोधन तीन बर्षमा पुरा भएको छ ।

धेरै विवाद नभए ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण उनकै कार्यकालमा  सम्पन्न हुने छ । तर विवादको नयाँ शृङ्खला पुल निर्माणको लागि कोशी प्रदेशको पूर्वाधार विकास कार्यालयले दोस्रो पटक बोलपत्र आह्वान गरेदेखि सामाजिक संजालमा होडबाजी चलिरहेको छ ।

लामो समयदेखि विवादको विषय बनेको यो पुल प्रदेश सरकारको राजनीतिक दाउपेचको सिकार बनेको थियो । मोलुङ्ग गाउँपालिकाको नेकपा एमाले नेतृत्वको सरकारले कार्यपालिकाबाटै निर्णय गराएर पुल बनाउन यश अघि औपचारिक रुपमा माग गरेको थियो ।

पछिल्लो पटक कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गरेको कारण मोलुङ्ग गाउँपालिका अध्यक्ष उत्तम राई यो माग लिएर मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालय धाईरहे । अध्यक्ष राईले नेपाली काङ्ग्रेसका सङ्घिय साम्सद रामहरि खतिवडा, कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार, आफ्नो पार्टीका मुख्यमन्त्री हिक्मत बहादुर कार्की आर्थिक मामिला मन्त्री राम रानासग पुलको आवश्यकता र औचित्यबारे दबाब दिए अन्तत पुलको एउटा प्रक्रिया पूरा भयो ।

पुलको विषय केन्द्रमा रामहरि खतिवडा र प्रदेश सभामा प्रदीप सुनुवारले उठाई रहदा सरकारको ध्यानाकर्षण समेत भएको थियो ।पुल निर्माणको यो अबस्थामा सम्म आउन स्थानीय सरकार प्रमुख उत्तम राई, प्रदेश सभा सदस्य प्रदीप सुनुवार सङ्घिय साम्सद रामहरि खतिवडा लगायत नेताको पहलमा सम्भव भएको हो ।

तर पुलको बोलपत्र आह्वान हुने बितिकै पक्ष र विपक्षमा संजाल भरी मत बिभाजन हुनेगरी प्रचार हुनु दु:खद रहेको मोलुङ्ग गाउँपालिका अध्यक्ष राईले बताए । राईका अनुसार यो पुलको पहल रामहरि खतिवडा, प्रदीप सुनुवार, यज्ञराज सुनुवार, अमीर गुरुङ, मुख्यमन्त्री हिक्मत बहादुर कार्की र आर्थिक मामिला मन्त्री राम रानाको सामुहिक प्रयासले सम्भब भएको हो । पुल बनाउन पहल गर्नु हुने सम्पुर्णमा मोलुङ्ग गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ उनले भने ।