काठमाडौ उपत्यका बायु प्रदुर्षणको चपेटामा, आँखा पोल्ने डरलाग्दो समस्या

    
काठमाडौ उपत्यका बायु प्रदुर्षणको चपेटामा, आँखा पोल्ने डरलाग्दो समस्या

सार्बजनिक बिदा दिन बाताबरण बिदको सरकारसग आग्रह, समस्या केहिदिन लम्बिन सक्ने चेतावनी 

काठमाडौं । आज दिउँसोबाट एकाएक आँखा पोल्ने समस्याको कारण धेरैको मनमा चिन्ता बढेको छ । के भएको हो र के हुने हो भन्ने चिन्ताले काठमाडौबासी नागरिक अन्योलमा छन । काठमाडौमा आज आँखा पोलेका थाहा नपाउने साहेदै कोहि नहोलान ।

स्वास्थ बिदहरुले आम नागरिकको स्वास्थमा आउने समस्याबारे सरकारलाई सजग गराएका छन । लामो समय पानी नपरेको, ठाउँठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको बताईएको छ । बाताबरण बिदहरुका अनुसार छिट्टै सरकारले नागरिकलाई सार्बजनिक बिदा दिएर घरमै बस्न सुझाएका छन ।

यसैबीच सरकारले पनि हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुनसक्ने संकेत गरेको छ बन मन्त्रालय स्रोतले भन्यो । विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्न यातायातमा पुर्ण वा आम्शिक  बन्द गर्न सुझाव दिएका छन । बालबिषेशज्ञहरुले आफ्ना बालबालिकालाई केही दिन घर भित्रै राख्न सुझाव दिएका छन ।