ओखलढुंगाको रुम्जाटार यातायात कार्यालयको हर्कपुर कनेक्सन, उता धोका यता अबसर

    
ओखलढुंगाको रुम्जाटार यातायात कार्यालयको हर्कपुर कनेक्सन, उता धोका यता अबसर

काठमाडौ । कोशी प्रदेशको यातायात व्यवस्था कार्यालय ओखलढुंगा स्थित रुम्जटार कार्यालयको केही सेवा सहितको  सम्पर्क कार्यलय मानेभञ्ज्याङ गाउँपालिकाको  हर्कपुरमा स्थानान्तरण भएको छ ।

रुम्जाटारबाट कुनकुन सेवा कटौती भएको हो भन्ने विवरण नखुलेको भएपनि हर्कपुरमा आज कार्यालयको साईन बोर्ड सहितको कार्यालय खुलेको हो । कोशी प्रदेश सरकार एमालेको रहेको बेलामै नेकपा एमालेको ओखलढुंगाको आधार इलाकाबाट कार्यालय स्थानान्तरण हुनुलाई आश्चर्यले हेरिएको छ ।

ओखलढुंगाका जनतालाई एमालेले जबाफ दिनुपर्ने सर्बसाधारणले बताएका छन । यश अगाडी भएका आश्वासन र बाहनाबाजिको जनताले  सडकबाट फेरि प्रश्न शोध्ने छन । एमालेलाई आधार इलाकामा धोका हुने छ भने नेपाली काङ्ग्रेसले अबसर लिने छ ।

कोशी प्रदेशमा एमालेको सरकार हुँदा तत्कालीन ओखलढुंगाबाट मन्त्री भएका अमीरबाबू गुरुङको पालामा स्थापना भएको कार्यालय एमालेको सरकार हुदा फेरबदल हुनु आफैमा आश्चर्य रहेको एक नेताले बताए ।