काठमाडौ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा अहिले केही बेरमा बस्ने भएको छ ।
आजको बैठकमा क्रियाशील सदस्यता अद्यावधिकको अवस्थाबारे पनि छलफल हुने छ ।
क्रियाशील सदस्यता अद्यावधिकको विषयमा संस्थापनइतर कोइराला- देउवा पक्षले पुन फारम नभर्ने भन्दै आपत्ति जनाएका छन । कोइराला- देउवा पक्षले यश अगाडी नै आफ्नो समुहको बैठक गरेर क्रियाशिल सदस्यको काम सकिएको भन्दै फ़ेरि क्रियाशिलको फारम भर्न गरेको आग्रह बहिष्कार गर्ने निर्णय गरेका थिए ।
देउवा- कोइराला समुहले क्रियाशिल सदस्यको पुन फारम नभर्ने चेतावनी दिएपछि अन्तत पार्टी सभापति गगन थापा आजको बैठकबाट निर्णय सच्याउन तयारी भएको पार्टी स्रोतले बताएको छ । आजको बैठकले क्रियाशिल सदस्यबारे पुरानो प्रक्रियालाई सदर गर्ने स्रोतको दाबी छ ।
पुन क्रियाशिल अध्यावधिक गर्न ९० % कार्यकर्ता तयार नदेखिएसगै सभापति थापा पुरानो क्रियाशिललाई मान्यता दिन तयार भएका हुन स्रोतले भन्यो ।