काठमाडौ । जेनजी ओखलढुंगा सचेत युवा हरुको स्वतन्त्र समुहले जिल्लामा आन्दोलन मार्फत बेथिति विसङ्गति विरुद्ध निरन्तर खबरदारी गरेको छ ।
पछिल्लो समय देशभरि ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेन–जेड एकताको अभियान’ अघि बढाइरहेको जेनजी युनाइटेड अभियानले ओखलढुंगामा भोलि मंसिर १ गते शान्ति र्याली तथा सांस्कृतिक कार्यक्रम जेनजी ओखलढुंगाले बहिष्कार गर्ने भएको छ ।
आज बिज्ञप्ति मार्फत ओखलढुंगाले जेनजी आन्दोलनमा कहिले नदेखिएका बिदेशी षड्यन्त्रधारी अनुहारले एकताको संदेश दिन खोजिएको षड्यन्त्र स्वीकार्य छैन भनेको छ । जेनजी ओखलढुंगाको संयोजकको जिम्मेवारी आफुले पाएको भन्दै रोशनराज दाहालले हस्ताक्षर गरेको बिज्ञप्तिमा भोलिको आन्दोलन बहिष्कार गर्ने कुरा उल्लेख छ ।
हामी मृतक एवम घाइतेको सपना पुरा गर्ने अभियानमा छौ कुनै ब्यक्तिलाई नेता बनाउन आन्दोलन गर्दैनौं बिज्ञप्तिमा भनिएको छ । उसले आन्दोलनको नाममा जथाभावी नगर्न चेतावनी समेत दिएको छ ।