जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई महेश बस्नेतको खुल्ला चेतावनी काटिन तयार छु, पुष्टि गर !

    
जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई महेश बस्नेतको खुल्ला चेतावनी काटिन तयार छु, पुष्टि गर !

काठमाडौ । एमाले नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनआस्था साप्ताहिकका प्रकाशक तथा  पत्रकार किशोर श्रेष्ठलाई  चुनौती दिएका छन । जनआस्थाले ‘पोस्तादाना खरिद प्रकरणमा बस्नेत टार्गेटमा परेका छन’ भन्ने समाचार प्रकाशित गरेपछि बस्नेतले फेसबुक मार्फत आरोपलाई “पूर्णतः कपोलकल्पित र भ्रम फैलाउने” भन्दै कडा प्रतिक्रिया दिएका हुन ।

बस्नेतले लेखेका छन, “म उद्योगमन्त्री भएको समय २०७१ भदौदेखि २०७२ असोजसम्म हो । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो । उद्योग मन्त्रालयको कार्यक्षेत्रमा पोस्तादाना खरिदजस्ता विषय पर्नै सक्दैन ।” उनले समाचारमा उल्लेख गरिएको नाम र प्रसंग “कल्पनाको भरमा रचिएको” दाबी गर्दै पत्रकार किशोर श्रेष्ठलाई चुनौती दिए  “समाचार पुष्टि गर, म काटिन तयार छु । पुष्टि गर्न नसके, काटिन तयार छस ?”

बस्नेतको प्रतिक्रियाले सामाजिक सञ्जाल बिभाजित छ ।  जनआस्था र पत्रकार किशोर श्रेष्ठले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन ।