अस्तित्व को खोजिमा छट्पटाईरहेका महिला हरु ले न्याय पाउलान देश मा केही परिवर्तन होला । केही नयाँ आयाम हरु ले नयाँ यात्रा को मोड लिन्छ होला भनी सोच्दा सोच्दै कैयौ युग गय परिवर्तन त थोरै भयो । तर यो परिवर्तन ले गलत बाटो लियो । कैयौ महिला हरु ले आफुलाई आँफैसग बेच्न लागे स्वोतन्त्रता को नाम मा ठगि धन्दा सुरु गरे ।
त्यस्ले इमान्दार र स्रम्जिबी माहिला हरु लाई झन पछाडि धकेलि दियो । पैसा सुख सुबिधा र मोजमस्ती को लागि आफ्नो इमान्दारिता निस्ठा नैतीकता र स्वाभिमान लाई बेच्ने महिला हरु कै कारण सँगर्ससिल स्रम्जिबी इमान्दार स्वाभिमानी महिला हरु पछी परेका थिय र छन पनि पुरुष हरु ले महिला लाई बिक्री को साधन बनाएर प्रयोग गर्न सके । उनिहरु लाई पद धन अनी अनेकौ सुख सुबिधा दिन थाले ।
यो पुरुष हरु ले गर्ने कारण थियो पुरुष प्रधान समाज जहाँ सम्पत्ति को मालिक पुरुष मात्र छ । बुवा को घर बाट निकालियकी दान भयर जाने यो समाज को बिक्रिती पूर्ण सस्कार का कारण महिला सदै सम्पत्ति बिहिन छन । यस्को फल्स्वोरुप महिला हरु सँगर्स गर्नु भन्दा बिक्री हुन सजिलो ठान्न थाले । बिस्तारै बिस्तारै यसरी नै यो समाज ले निरन्तर्ता पायको महसुस हुँदाहुँदै अब त मैले देख्न थाले आफ्नो सम्पत्ति को मालिक आँफै भयका पुरुष हरु पनि अझ बढी सम्पत्ति कमाउने लालच का कारण नै होला आँफै बिक्री हुन थाले ।
उनिहरुलाई किन्ने अब नेता बनेका छन जसरी आफ्नो परिवार बचाउन आफ्नो श्रीमानको हरेक गलत कदम लाई नदेखेको, झै गरी सहेर् आफ्नो अस्तित्व गुमनाम बनाउने नारी हरु छन त्यसरी नै आफ्नो अस्तिवो बेचेर पाटी अनी नेतालाई बचाउने कार्यकर्ता आज नेपाल र नेपाली को चलन बनेको छ । सत्तामा पुग्ने नेता देश को ढुकुटी को मालिक बन्छ अनी कार्यकर्ता लाई तिनै नेताले किनिरहेका छन ।
जुन नेताले धेरै भ्रस्टचार गर्छ उसकै पछी धेरै कार्यकर्ता किन कि उसैले तिन्लाई किन्न सक्छ उसैसग पैसा छ । अनी उसलाई जेल जान बाट रोक्न तिनै आफु बेचियका हरु लागि पर्छन किन कि उनिहरु लाई त्यो पाटी अनी त्यो नेता लाई बचाउनु छ मेहनत परिस्रम् र सँगर्स गरेर होइन बेचियर खाने होड चलेको छ । अब यती ले मात्र नरोकिने भयो अब त निस्टावान मेहनती काम गर्ने बिक्रीहुन नचाहने लाई खोजी खोजी सिध्याउन खेल सगै पद मुक्त गरिदै छ । यस्को उदाहरण हुन ।
नेपाली लाई उज्यालो मा राख्न सफलभयका सच्चा कर्मचारी कुलमान घिसिङ र अहिले फेरी अर्का काठमाडौं लाई सफा बनाइ अहोरात्र काम गर्ने राजु आज फोहोर को थुप्रो बाट मुक्ती पाउदै थियो काठमान्डु ले तिनै लाई हटाइयो । यो खेल ले न महिला मुक्ती हुने भय न देश मुक्त हुने भयो । आज भन्दा भोली झन झन खतम हुँदै जाने भयो ।
अब कहिले मुक्त होलान महिला र देश मुक्ती हुने समय कहिले आउँला पर्खदा पर्खदै ………। कठै अब यो सबै को अन्त हुन अझै कती बर्ष लाग्ला । यो लेखक को मन मा उठेका यि सवाल को जवाफ छैन । भोली कहिले आउँला जुन भोली को प्रतिछ्या सुनौलो बिहानी ले गरिरहेको छ । त्यो आउँला कि न आउँला ? प्रश्न मात्रै छ जवाफ सदै अधुरो ………( लेखक गजुरेल हाल फ्रान्समा छिन)