मायाको परिभाशा को एउटा सागर मा मैले पायको छूट्टै माया त्यो माया सग कुनै न स्वार्थ छ न कुनै अधिकारै माग्ने कस्तो प्यारो अनी मिठो त्यो माया मात्र सोच्दा पनि त्यस्ले मलाई बर्षउ खुशी दिन सक्ने त्यो सगरमाथा भन्दा उच्च माया सागर भन्दा गहिरो माया अनी स्वोर्ग भन्दा पनि सुन्दर संसार मा त्यो भन्दा प्यारो माया नै छैन कल्पना गर्दा गर्दै यो लेखक कहाँ कहाँ हराउछ त्यो माया को परिक्ल्पना कती प्यारो झसँग बिउँझीय झै हुँदा मायालु ब्यक्तिको याद आउछ त्यो थियो मेरो साहुको भन्दा पनि बढी लाग्ने ब्याज को माया उसले मलाई गर्ने माया मेरो नातिको माया आमा लाई फोन गर्नु भनी उसले आफ्नो बुवालाई फोन गर्न लगाउछ ।
मेरो पेरिस को आमा उसले आमा हरु लाई बिभाजन गर्छ म को हुँ ? मेरो प्रश्न को जवाफ मा पेरिस को आमा ! आमा म आज स्कुल मा पहिलो भय नि, मेरो रिजल्ट आयो ! ५ बर्ष पुग्न अझै बाँकी छ तर मलाई लाग्छ उसलाई धेरै धेरै कुरा थाहा छ । काका काकी उसका बुवा ममी सबै को ख्याल छ को कता छन कस्ले के गरे उसलाई कस्ले कती माया गर्छन् को सबै भन्दा प्यारो आदी इत्यादी अरुले बताउनु जरुरी नै छैन उसले मलाई सबै जानकारी प्रस्ट रुप मा गराइदिन्छ ।
उसलाई थाहा छ मैले उसको बुवा अनी काका लाई के नगर भन्छु । बुवाले मोबायल चलायर बस्नु भयको छ आमा मलाई कुरा लगाउछ काकु लाई आमालाई फोन गर्नु पर्दैन भनी सम्झाउन पुग्छ । उसको काकु उसको लागि धेरै प्यारो साथी हो उसलाई उसले आफु समान कै मान्छे ठान्छ । उसलाई छोडेर काठमान्डु बाहिर गयको बेला मलाई कुरा लगाउछ काकी र काका अझै आउनु भयन आमा कती डुलिराख्नु भयको होला ! उसको त्यो बोली मा काका लाई धेरै मिस गरेको छु कहिले आउनु हुन्छ भन्ने मन्साय हुन्छ । मलाई यो चहियो कहिले भन्दैन सोध्यो भने पनि उसले खास्सै ठुलो कुरा कहिले माग्दैन । चन्चलता उसको सबै भन्दा खुशी मिल्ने खेल हो बाँकी अरु कुरा खेल्न चाहि उसलाई पनि साथी चाहिन्छ ।
धेरै प्रश्न सोध्दैन तर सोधेका प्रश्न को मिठो जवाफ मलाई मिल्छ । साच्चै यो माया को महत्वो बुझाउने मेरो नाती मेरो मुटुको भित्र कहाँ छ होला जस्को याद् ले मात्र पनि म मुस्कुराइदिन्छु । उसको चन्चलता लाई सोच्दै म हर्श ले रमाउन थाल्छु उसले बोलेको आमा भन्ने शब्द ले मेरो कान नै, पवित्र भैरहेको अनुभुती हुन्छ । उसको हरेक कुरा मलाई यती मन पर्छ त्यो शायद माया कै कमाल होला उसग मलाई कहिले रिस उठ्दैन तर पनि रिसायको देखाउनु. पर्ने कहिले काही उसलाई म अली कडा स्वोभाब को छु है भनेर मैले देखायको भने पक्कै छु उसलाई अनुशासन मा राख्ने हजुर आमा को दाइत्यो निभाउनु पर्ने पनि त हुने रहेछ ।
कस्तो होला यो माया माया को अर्थ उसको मायल्र् मुस्कान ले मलाई बताइदियको छ मेरो नाती मेरो लागि जिबन को सबै भन्दा ठुलो नाता, उसको दिर्गायु सु श्वासथ को मात्र होइन उसको सफल जिबन को समेत हरेक दिन कामना गर्न म कहिले बिर्सिन्न शायद यही होला माया को अर्थ अनी त्यस्ले दिने खुशी को अर्थ मेरो नाती मेरो जिबन को सबै भन्दा महत्वोपूर्ण पात्र ।