एक युबाको बिचार फेसबुक ब्लग

    
एक युबाको बिचार फेसबुक ब्लग

कसैले २५ बर्षमा बिबाह गरेर १० बर्षपछि सन्तान प्राप्त गरे , कसैले ३५ बर्षमा बिबाह गरेर १ बर्षमा सन्तान पाए । कसैले २३ बर्षमा Master Degree गरेर ११ बर्ष पछि खोजेको काम पाए, कसैले ३० बर्षमा उच्च शिक्षा पूरा गरेर २ बर्षमा नै खोजेको काम पाए ।कसैले स्थायी सरकारी जागिरमा नाम निकालेर आफ्नो तलब खान नपाइ मरे।कसैले अलिकति मेहनतमै सफलता प्राप्त गरे। कसैले धेरै मेहनत गर्दा पनि असफल हुँदै अन्तिममा अलिकति सफलता प्राप्त गरे।
कोहि २५ बर्षमा कम्पनीको निर्देशक बने र ५० बर्षको अल्प आयुमा नै मरे , कसैले सोही पद ५० बर्षमा पाए र ९० बर्ष सम्म बाचे।

सबैजना आफ्नै समयमा हुन्छन, कोहि पछाडी त कोहि अलिक अगाडि । अरुलाइ देखेर आफ्नो जीवन दाज्नुको कुनै अर्थ छैन । त्यसैले समाजका नानाथरी यति बर्षमा जागिर खाइसक्नुपर्छ , यति बर्षमा बिबाह गरि सन्तान जन्माइसक्नु पर्छ, जीवन यसरी बिताउनु पर्छ भन्ने कुरा छोडि दिनुहोस । समाजका नियम सधै सबैको लागि सहि नहुन सक्छन । आफुले सके जति गर्नुहोस बाकी कुरा आफ्नै समयमा चल्नेछ ! अरुले के भन्छ भन्दा पनि आफुले के प्राप्त गरेको छु र त्यसैमा सन्तुष्ट हुने हो। खुसीमा जीवन जिउने हो। समाज त राम्रो भए डाहा र नराम्रो भए आहा मात्रै गर्ने हो।