सुनकोशी गाउँपालिका ओखलढुंगाको बलखु मा बि मा लायन्स क्लबको शैक्षिक सामाग्री बितरण !

    
सुनकोशी गाउँपालिका ओखलढुंगाको बलखु मा बि मा लायन्स क्लबको शैक्षिक सामाग्री बितरण !

ओखलढुंगा । सुनकोशी गाउँपालिका – 1 स्थित बलखु मा. बि मा अध्यानरत विद्यार्थीलाई (Lions International , District 325 F का Region Chairperson Lion खिला सापकोटा MJF तथा Lion शोभा गिरीले शैक्षिक सामाग्री र झोला बितरण गरेका छ्न । 225 थान झोला सोही बराबरको कपी र कलम बितरण गरिएको वडा अध्यक्ष प्रकाश सापकोटाले बताए ।
बलखु माबिमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा यो सहयोगले ठुलो महत्त्व राख्ने बताउदै ब्यबस्थापन समिती अध्यक्ष ढुन्डिराज पहाडीले भने यस्ता सहयोगले विद्यार्थीमा थप हौसला बढाएको छ ।
उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको समेत उपस्थिति रहेको थियो । सामाजिक क्षेत्रमा क्रियाशिल सापकोटा सोही वडाका स्थानीय हुन । उनले केही समय बलखु माबिमा अध्यापन समेत गराएका थिए । सापकोटा हाल त्रिभुवन बिश्वबिद्धालयको प्राध्यापक छ्न भने काठमाडौको सुकेधारामा रहेको बुकल्याड कलेजको संचालक समेत हुन । उनी सामाजिक क्षेत्रमा सक्रिय छ्न ।