ओखलढुङगा । नेकपा एमालेको मोलुङ गाउँपालिकाको दोस्रो अधिवेशनलाई लिएर पालिकावाट नेतृत्व गर्ने सम्पुर्ण नेताहरुले असन्तोष व्यक्त गरेका छन । पालिकाका पार्टी प्रतिनिधिको न्युन उपस्थितिका कारण हिजो २९ गते स्थगित गरिएको अधिवेशनको अर्को मिति सहमतिमा तोक्ने सहमति विरुद्ध पार्टी सचिव कमल न्यौपाने लगाएतले चलखेल गरि जेष्ठ ३२ गतेका लागी अर्को मिति तोकिएको भन्दै विज्ञप्ती मार्फत खवरदारी गरेका छन । विना छलफल सस्थापन पक्षले पेल्न खोजेको आरोप लगाउदै यज्ञराज सुनुवार पक्ष खवरदारीमा उत्रिएको हो । यो हेपाहा प्रवृतिको विरुद्धमा हाम्रो ध्यानाकर्षण भएको छ यो एकलकाटे प्रवृर्तिले पार्टीले अगाडी सारेको मिसन ८४ लाई असफल वनाउने पक्का छ विज्ञप्तीमा भनिएको छ । जिल्ला पार्टी कमिटीले तत्काल गैर जिम्मेवार कार्य रोक्न समेत चेतावनी दिएका छन ।