गायिका बबिना भट्टराईको नयाँ गित बजारमा आएको छ । अफिसियल युट्व च्यानलबाट ‘तिम्रै झझल्को’ गित बजारमा आएको हो । भट्टराईका यस अघि बाल,आधुनिक, लोक गीत जस्ता विभिन्न गीत आईसकेका छ्न । उनी आफै सङ्गितकार पनि हुन । गितले समग्रमा माया पिरतीको वास्तविक र काल्पनिक भाब बोकेको छ ।
तिम्रै झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा
झुटो रै छ तिम्रो माया छाड्यौ मलाई विचै बाटोमा ।
झेल गर्नेको विचमा साँचो माया हराउँछ
मनमा आँधी हुरी चले प्रेमको दियो निभाउँछ
आँखाबाट बाढी आउँदा भरोसा नै बगाउँछ ।
आकाशको जून सक्दिन छुन धर्तीमा बसेर
ये मेरा प्यारा भयौ नि टाढा बाँचेकी छु तिमीलाई सम्झेर
झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा ।
झुटो रै छ तिम्रो माया छोड्यौ मलाई विचै बाटोमा ।