सामाजिक सन्जाल का वाल भरी देखियका लज्जास्पद बोली हरु अनी सरकार ले ल्यायको बहुबिवाह गर्न पाउने कानुन यस्तो लाग्छ अब नेपाल मा बिश्वासघाति सम्बन्ध हरु बाहेक अरु कुनै सम्बन्ध हरु नै जिबित छैन ।
विवाह भनेको के हो ? एउटा विश्वाश को सम्बन्ध लाई यसरी खुल्लेआम छेत बिछेत गर्ने अधिकार यो समाज अनी यो सरकार लाई कस्ले दियो ? हरेक सम्बन्ध हरु का मान्यता हुन्छन । एउटा पुरुष ले आफ्नो श्रीमती बाहेक अरु सग पनि मिस्टेक ले बच्चा जन्मिन पुगे त्यस्लाई मान्यता दिने ? यो कस्तो तर्क हो ? मिस्टेक भनेको के हो ? अन्जान मा गल्ती भयर बच्चा जन्मन्छ ? यो कस्तो कुरामा चर्चा हुँदै छ ।
महिला लाईपसुलाई जस्तो दान दिने सस्कार त छदै छ त्यो आफ्नै बुवाहरु ले आफ्ना छोरीहरु लाई सबै अधिकार बाट बन्चित गराउन खेलिने खेल थियो । अब फेरी अर्को कानुन नै, बन्ने भयो महिला को हुन ? पसु ? गाई भैंसी का जस्तो एउटा पुरुष का अनेक श्रीमती ? बिक्रिती मात्र नभयर यो समाज लाई बिश्वासघाति हरु को अड्डा बनाइदै छ । एउटा श्रीमान मरेका नारी लाई विवाह गर्न पाउने कानुन छैन सम्बन्ध बिछेद् भयका महिला लाई अर्को विवाह गर्ने कानुन बन्दैन ।
एउटा आमा ले आफ्नो सारा जिबन दियर ९ महिना पेट मा राखि यक्लै हुर्कायको बच्चा लाई आफ्नो नाम बाट नागरिकता निकाल्न पाउने कानुन छैन तर पुरुष ले बहुबिवाह गर्ने कानुन ? लाज सरम नैतीकता स्वाभिमान इमान्दारिता इज्जत सबै पैसा मा बेचेर सत्तामा पुगेका तिमी हरु नालायक नामर्द हरु ले गर्ने नै, त्यही त हो । राम्रो काम गर्न तिमीहरु को सस्कार कहाँ छ र ? आफ्नै नेपाल आमा लाई बलत्कार गर्ने बलात्कारी हरु सग यो बाहेक अरु आशा राख्नु पनि त बेकार छ ।
न यिन ले असल शिक्षा लिय न असल सस्कार बाट आयका । जनतालाई लुटेर धनी हुन नेपाल आमा लाई बलात्कार गरेर मोजमस्ती मा रमाउन चाहने यिनिहरु लाई बिक्रिती को के चिन्ता अब अली अली बचेँ कुचेको नेपाली को पवित्रता पनि यिन्लाई पाच्य भयन आफु जस्तै सबै लाई बनाउन यो बहुबिवाह को कानुन ल्याउदैछन यिन का आफ्ना गलत चरित्र लाई सहि बनाउन यिनले यो कानुन बनाउदै छन ।
भ्रस्टचार गरेर कमायको पैसा र सत्ता ले उन्माद यिन्लाई चरित्रहिन बनाइ सकेको छ । त्य्सैले त्यस्लाई अब कानुनी बनाउन खोज्दै छन नैतीकहिन हरु । यि गुण्डा हरु को हात मा लगाम भयकै कारण प्रतेक दिन हजारौं निर्मला हरु को बलात्कार हुन्छ अनी हत्यारा खुलेआम छाती फूलायर हिडिरहन्छ ।